• बागमतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी, ५९ सांसदको समर्थन

  • हेटौंडा । बागमतीको मुख्यमन्त्रीमा एकीकत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी गरेका छन् । उनले पाँच दलीय गठबन्धनका तर्फबाट पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

    पाण्डेलाई मुख्यमन्त्रीमा ५९ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय