• सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रधानमन्त्री

  • प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका विषयमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशसमेत व्यक्त गरे ।

    उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्कसमेत गरे ।

    ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईहरुलाई’ उनले भने, ‘हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्-न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय