• न्यायाधीशहरू छलफलमा, प्रधानन्यायाधीश एक्लैले दिए धमाधम आदेश

  • सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलास मात्र बसेको छ ।

    ११ वटा इजलास तोकिए पनि अन्य न्यायाधीशले बहिस्कार गरेपछि प्रधानन्यायाधीश राणाले आफ्नो इजलासका सबै मुद्दाहरूको सुनुवाइ सकेका छन् ।

    बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश जबराले चारवटा मुद्दामा अन्तरिम आदेश र दुइटा मुद्दाको आदेश सुनाएका छन् ।

    न्यायाधीशहरूको अवज्ञाका कारण सोमबार र मंगलबार सर्वोच्चमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश राणाले बुधबारका लागि पेशी तोकेका थिए ।

    प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरेर सोमबार र मंगलबार छलफल गरेका थिए । मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरू बुधबार पनि छलफलमा छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय