• तालिबानहरुसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री

  • चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराए ।

    विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए । उनले मंगलबार भएको भेटमा द्विपक्षीय भेटका क्रममा आपसी विश्वमा बृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो । सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।

    अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताएका थिए । हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ ।

    यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गरेका थिए । उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको उनले बताएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय