• विरोधका बीच प्रधानन्यायाधीशले तोके ११ इजलास

  • विरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलास तोकेका छन् । बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका हुन् । उनले संवैधानिक इजलास पनि तोकेका छन् ।

    न्यायाधीशहरूको अवज्ञाका कारण सोमबार र मंगलबार सर्वोच्चमा कुनै मुद्दाको सुनुवाइ नभए पनि प्रधानन्यायाधीश राणाले बुधबारका लागि पेशी तोकेका हुन्

    राणालेले वरिष्ठतम् न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरलाल श्रेष्ठ सम्मिलित संवैधानिक इजलासमा गणेश हमालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध दायर गरेको रिटको निर्णय सुनाउने (निसु) तोकेका छन् । उनको एकल इजलासमा केही बन्दी प्रत्यक्षीकरणका मुद्दा छ ।

    प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरेर सोमबार र मंगलबार छलफल गरेका थिए । मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरू बुधबार पनि छलफलमा छन् ।

    मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायालयमा विकृति भित्राएको भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेपछि सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ ।

    कानून व्यवसायीको छाता संगठन नेपाल बारले पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीशले तत्काल राजीनामा नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारले चेतावनी दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय