• करिब २ वर्षपछि कोरियामा कामदार पठाउन शुरू, आजै ४८ जना जाने

  • काठमाडौँ – वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आज बुधबारदेखि कामदार पठाउन सुरु गरिँदैछ ।

    कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान शुरु गर्ने भएका हुन् ।

    पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

    श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय