• निर्माणाधीन घरको जगमा पुरिएर महिलाको मृत्यु

  • पोखरा। पोखरामा निर्माणाधीन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डाको भित्ता भत्किँदा पुरिएर आज एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुली ठूला गाउँ घर भई हाल पोखरा–११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आइती माया थोकर रहेको प्रहरीले जनाएको छ ।

    पोखरा महानगरपालिका–११ काँहुडाँडास्थित एक निजी घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किँदा पुरिएर गम्भीर घाइते भएकी थोकरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    घटनालगत्तै प्रहरी टोली घटनास्थलमा खटिई घटनाको विषयमा अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय