• थप ६६६ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु

  • काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६६६ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

    आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार २९६ रहेका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् ।

    सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६२२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६३० रहेको छ ।

    नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ ।

    अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३७२ को निधन भएको छ । अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख नौ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय