• प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीश छलफलमा

  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूले छलफल थालेका छन् । सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेका हुन् । उनीहरूबीचको छलफल जारी छ।

    सोमबार ‘इजलास बहिस्कार गरेर’ छलफल गरेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश राणालाई भेटेका हुन्। प्रधानन्यायाधीश राणालाई भेटेरै ‘राजीनामा माग्ने’ समझदारी न्यायाधीशहरुको हिजोको छलफलमा जुटेको थियो।

    प्रधानन्यायाधीस राणाले सरकारमा भागबण्डा मागेको विषय बाहिरिएपछि उनी अप्ठ्यारोमा परेका छन् ।
    सर्वोच्च बारले न्यायालयमाथि प्रश्न उठ्नुमा प्रधानन्यायाधीश राणा जिम्मेवार रहेको भन्दै निकास दिनुपर्ने बताएको छ ।

    सोमबार बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो ।

    सर्वोच्चका १४ जना न्यायाधीसले समेत सोमबार इजलासमा नगइ छलफल गरेका थिए । उनीहरूले प्रधानन्यायाधीश राणाले बोलाएको फुल कोर्टसमेत बहिस्कार गरेपछि बैठक बस्न सकेन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय