काठमाडाैँ । माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।
‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।