• देशभर थपिए ७७६ कोरोना संक्रमित, १३ जनाको मृत्यु

  • नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप सात सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा ६ सय ७३ र एन्टिजेन परीक्षणमा एक सय तीन जनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा आठ हजार दुई सय ८४ जनाको पीसीआर परीक्षण र दुई हजार पाँच सय ८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ६१ पुगेको छ ।

    सोमबार पाँच सय एक जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार तीन सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय