• प्रधानन्यायाधीशले अब निकास दिनुपर्छ : बार एसोसिएसन

  • नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको बारको बैठकले प्रधानन्यायाधीशले अब जिम्मेवारी सम्हाल्न नसक्ने भएकोले निकास दिनुपर्ने निष्कर्ष निकालेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंगलबार बार एसोसिएसनका सल्लाहकारसहितको बैठकपछि यसबारे औपचारिक निर्णय गरिने बताए।

    ‘न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले सम्हाल्न सक्नुहुन्न। उहाँले अब निकास दिनुपर्छ,’ उनले भने । प्रधानन्यायाधीश न्यायपालिकाभित्रै असफल भएको बारको ठहर छ । न्यायपालिकालाई बन्दी राख्न नहुने निष्कर्षमा बार पुगेको उनले बताए।

    बैठकले सत्तारुढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लंघन गरेको लगायतका आरोप लगाउँदै यसबारे बारेले आज छलफल गरेको छ ।

    यसअघि आजै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका थिए । उनीहरुले प्रधानन्यायाधीश राणाले तोक्ने इजलासमा सहभागि नहुने निर्णयसमेत गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय