• प्रधानन्यायाधीशले डाकेको फुलकोर्ट बैटक स्थगित

  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि फुलकोर्ट बैठक बस्न नसकेको हो ।

    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

    प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । न्यायाधीशहरू इजलासमा नगई अब प्रधान्यायाधीश जबराको सन्दर्भमा के गर्ने भन्ने धारणा बनाउन छलफलमा जुटेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय