• प्रधानन्यायाधीशले डाकेको फुलकोर्ट बहिष्कार गरेर न्यायाधीशहरू छलफलमा

  • सर्वोच्च अदालतमा न्यायाधीशहरुको बैठक सुरु भएको छ।
    प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरुको बैठक सुरु भएको हो ।

    प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । न्यायाधीशहरू इजलासमा नगई अब प्रधान्यायाधीश जबराको सन्दर्भमा के गर्ने भन्ने धारणा बनाउन छलफलमा जुटेका छन् ।

    उनले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरु नजाने भएका छन् । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् । शृंखलाबद्ध विवादले घेरिएका प्रधानन्यायाधीश अहिले आफ्नै उद्धारका लागि अन्तिम कसरतमा छन्  ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय