काठमाडौं । पाकिस्तानले टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार राती दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो ।
१५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र कप्तान बबर अजामले १५२ रनको कीर्तिमानी साझेदारी गरे ।
५५ बल खेलेका रिजवानले सर्वाधिक ७९ रन बनाए । यस्तै ५२ बल खेलका कप्तान अजामले ६८ रनको योगदान गरे ।
पाकिस्तानविरुद्ध बलिङ गरेका भारतका कुनै पनि बलर सफल हुन सकेनन् ।
यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । त्यस्तै विकेट किपर रिसब पन्तले ३९ रनको योगदान गरेका थिए । भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भएका थिए ।
टस जितेर फिल्डिङ गरेको पाकिस्तानका लागि शहीद शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अफ्रिदीले ३१ रन बनाएका थिए । त्यस्तै हसन अलीले दुई विकेट हात पारे ।
यो जितसँगै सुखद् सुरुआत गरेको पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ । पाकिस्तानले विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतलाई हराएको यो पहिलो पटक हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।