• प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गर्ने १४ न्यायाधीशकाे तयारी

  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् ।

    आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् । एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए ।

    यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा भोलि फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराउने जनाएको थियो ।

    मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेछन् ।

    बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको उनले बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय