• नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८ सय बढी कैदी भगाए

  • एजेन्सी। नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८ सय भन्दा बढी कैदी भगाएका छन् ।

    अज्ञात बन्ददुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ ।

    अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका यहाँको गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    ओयो राज्यको कारागार विभागका प्रवक्ता अ‍ेलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन्।

    उनले शनिबारराति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए । उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षाैँसम्म जेल सजाय तोकिएका व्यक्ति थिए ।

    जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताएका छन्।

    भागेकामध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय