• ताइवानमा ६.५ रेक्टरको शक्तिशाली भूकम्प

  • एजेन्सी। उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ ।

    ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६.५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्निच्युटको मात्र भएको बताएको छ ।

    स्थानीय समयानुसार आइतबार १ः११ बजे गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराईमा रहेको थियो ।
    यिलानमा ३० सेकेन्डसम्म कम्पन महसुस गरिएको थियो । भूकम्पपछि ५.४ म्याग्निच्युडको पराकम्पन आएको बताइएको छ ।

    सन् २०१८ मा एक रमणीय पर्यटकस्थल हुआलिएनमा आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए ।

    सन १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापूमा गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।

    सन् २०२० को डिसेम्बरमा यिलानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने भएकाे थिएन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय