• अमेरिकाबाट एक लाख मात्रा खोप आउँदै

  • संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

    “सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ ।

    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय