• एमालेले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सार्ने

  • नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सार्ने भएको छ । पार्टी कार्यालय सार्नका लागि नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज सम्झौता भएको हो ।

    प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि एमालेका हरेकजसो बैठक सोही भवनमा हुँदै आएका थिए ।
    एमालेले केन्द्रीय कार्यालबाट गर्दै आएका सबै काम अब प्रतिष्ठान भवनबाट गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

    ‘नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी । अब केही समयपछिदेखि एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहींबाट हुनेछन्,’ महासचिव पोखरेलले फेसबुक पेजमा लेखेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय