• प्रदेश- १ प्रदेशसभा बैठक १५ कात्तिकसम्मका लागि स्थगित

  • प्रदेश–१ प्रदेशसभाको बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गरिएको जनाएको हो ।

    नेपाली कांग्रेस र नेकपा (एमाले)ले आजका लागि तय गरिएको बैठक स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । सोही कारण बैठक सारिएको जनाइएको छ ।

    आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय