• सुनको मूल्य तोलामा चार सयले बढ्यो

  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० तोकिएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय