• आज वर्षाको सम्भावना छ?

  • काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार हाल मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली छ भने बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का/फाटफुट वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। सबै प्रदेशका थोरै-थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

    बुलेटिनमा अगाडि भनिएको छ : साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बागमती र प्रदेश नं १ का थोरै स्थानमा तथा बाँकी  प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बुलेटिनमा अगाडि भनिएको छ : उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय