• टी–२० विश्वकप : अस्ट्रेलियाको विजयी सुरुवात, दक्षिण अफ्रिका ५ विकेटले पराजित

  • टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो ।

    दक्षिण अफ्रिकाले दिएको ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा भेट्टायो ।

    अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए भने मार्कुस स्टोइनिसले २४, ग्लेन म्याक्सवेलले १८, म्याथ्यु वाडेले १५ र डेभिड वार्नरले १४ रनको योगदान दिए ।

    दक्षिण अफ्रिकाका एनरिच नोट्जेले २ तथा कासिगो रबाडा, केशव महाराज र टाबराइज शाम्सीले १–१ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कमजोर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाका लागि ऐडेन माकरमले सर्वाधिक ४०, कासिगो रबाडाले १९, डेभिड मिलरले १६, हेनरिक क्लासेनले १३ र कप्तान टेम्बा बाभुमाले १२ रन बनाए ।

    दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका मिचेल स्टार्क, एडम जाम्पा र जोस हेजरउडले २–२ विकेट लिए भने ग्लेन म्याक्सवेल र पाट कुमिन्सले १–१ विकेट हात पारे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय