• प्रिमियर लिगमा नर्विच सिटीमाथि चेल्सीको फराकिलो जित

  • इंग्लिस प्रिमियर लिगमा चेल्सीले नर्विच सिटीमाथि फराकिलो जित हासिल गरेको छ ।

    शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा ७–० को जित हात पारेको हो ।

    चेल्सीको जितमा मासन माउन्टले ह्याट्रिक गरे भने बेन चिलवेल, हसन ओडोई र रिस जेम्सले १–१ गोल गरे भने नर्विचका म्याक्स आरोन्सले आत्मघाती गोल गरेका थिए ।

    खेलको आठौं मिनेटमा नै माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले ८५औं र दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

    खेलको १८ औं मिनेटमा हसन ओडोई, ४२ औं मिनेटमा रिस जेम्स, ५७ औं मिनेटमा बेन चिलवेलले गोल गरेका थिए भने ६२ औं मिनेटमा आरोन्सले आत्मघाती गोल गरेका थिए ।

    यो जितसँगै चेल्सी ९ खेलमा २२ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ भने नर्विच २ अंक जोडेको नर्विच अन्तिममा छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय