• १० बुँदे भन्ने साथीहरूको हरिबिजोग छ, कुनै मर्यादा छैन : माधव नेपाल

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले १० बुँदे सहमति भन्दै एमालेमा बसेका नेताहरूको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

    शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले केपी शर्मा ओलीले १० बुँदेलाई ट्याउँ ट्याउँ भन्न थालेको भन्दै उनले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए।

    उनले भने, ‘आदेशको पालना गर्‍यो भने स्याबास, उ बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुँदे भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

    उनले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलपल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताए।

    अध्यक्ष नेपालले भने, ‘कुनै मर्यादा छैन। कुनै सम्मान छैन। कुनै छलफल छैन। हो यी सबै कारणले हामीले विद्रोह गर्नुपरेको हो।’

    गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै एमालेमा भएका नेताहरूले १० बुँदेको ट्याउँ ट्याउँ गर्नुको अर्थ नभएको बताएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय