• देशभर थपिए ५१३ जना संक्रमित, ८ जनाको मृत्यु

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षण गर्दा ४३८ जना र १ हजार ९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घन्टामा ८१७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय