• टी-२० विश्वकप : सुपर १२ अन्तर्गत आज दुई खेल हुँदै

  • काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ का खेल सुरु हुँदैछन् ।

    पहिलो चरणमा दुवै खेल सकिएर चार टिम सुपर १२ मा प्रवेश गरेका छन्। योसँगै सुपर १२ को समीकरण पूरा भएको हो ।

    सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।

    सुपर १२ को ग्रुप ए अन्तर्गत आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समयअनुसार पौने चार बजे युएईको अबुधाबीमा सुरु हुनेछ ।

    यस्तै ग्रुप ए मै रहेको साबिक विजेता वेष्ट इन्डिज र साबिक उपविजेता इंग्ल्याण्डबीचको खेल पनि आजै दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

    ग्रुप एमा यी चार टिमसँगै पहिलो चरणबाट छनोट भएका श्रीलंका र बंगलादेश छन् । यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय