• भारतीय सेना हटाउन माग गर्दै माल्दिभ्समा विपक्षीको प्रदर्शन

  • एजेन्सी। भारतीय सेना हटाउन माग गर्दै माल्दिभ्सको राजधानी मालेमा सयौंले प्रदर्शन गरेका छन् ।

    विपक्षी प्रगतिशील कांग्रेस गठबन्धनले आयोजना गरेको विरोध प्रदर्शन पीपीएमको कार्यलय अगाडिबाट सुरु भएर बोदुथाकुरुफानु मागु र अमिनी मागुबाट मार्च गरेका थिए ।

    प्रदर्शनकारीले माल्दिभ्सबाट भारतीय सेना हटाउन र भारतसँग भएको सैन्य सम्झौता रद्द गर्न माग गरेका छन् ।

    प्रदर्शनकारीले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र विदेशमन्त्री अब्दुल्ला शाहिद, संसदका अध्यक्ष मोहम्मद नसिद र रक्षामन्त्री मारिया दिदीमाथि देशद्रोही भएको आरोप समेत लगाएका छन् ।

    मालेमा पछिल्लो समयमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो । प्रदर्शनकारी विपक्षी गठनबन्धनले भारतीय सेना नहटेसम्म आगामी दिनमा पनि यस्ता प्रदर्शन जारी रहने बताएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय