• ओलीको आरोप : पाँच दलीय गठबन्धन प्रतिगामी हो

  • पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन ‘प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप लगाएका छन् ।

    शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा देशभरका ६ हजार ७४३ वटा वडाहरूको अधिवेशनलाई उद्घाटन गर्दै ओलीले पाँच दलीय गठबन्धन प्रतिक्रियावाद, कम्युनिष्ट आन्दोलन विरोधी, कम्युनिष्ट पार्टी फुटाउने र प्रतिगामीका पाउमा सेवा चढाउन बनेको बताएका हुन् ।

    प्रतिक्रियावादी शक्ति आफूहरुका विरुद्ध आइलागेको भन्दै ओलीले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए । विस्तारै विस्तारै प्रणाली कमजोर पार्ने काम भइरहेको ओलीको भनाइ छ ।

    ‘प्रतिगामी शक्ति गठबन्धनका नाममा आइरहेको छ । भ्रम र द्विविधामा रहनुपर्दैन । यो देशलाई अस्थिरतामा धकेल्ने र अग्रगमन हुन नदिने काम हो,’ उनले भने,‘ यो विपरीत बाटो हो । प्रतिगमनको बाटो हो । जनताको सार्वभौमसत्ताको अपव्याख्या गर्ने काम भइरहेको छ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय