• प्रदेश १ मा कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना छ : मन्त्री खड्का

  • परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज)मा निर्णय गरिने बताए ।

    उहाँले प्रदेश नं १ र वाग्मतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए । मन्त्री खड्काले नेकांको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए ।

    मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए । एक प्रश्नको जवाफमा उनले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए ।

    उनले बेमौसमी वर्षाका कारण आएको बाढीपहिराबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै बाली तथा पशुपक्षी क्षतिको तथ्याङ्क सङ्कलनपश्चात् थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय