• अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई आग्रह

  • काठमाडौं । उप–प्रधानमन्त्री ईश्वर पोखरेलले अहिले भइरहेको अक्सिजनको अभाव परिपुर्ती गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

    मंगलबार सिंहदरबारमा पोखरेलले उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग अक्सिजन ग्यास सहज रुपमा आपूर्ति गर्न आग्रह गरेका हुन् ।

    अक्सिजन उद्योगहरूलाई अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो । साथै छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय पनि भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय