• मुख्यमन्त्री भीम आचार्यको पदको छिनोफानो आइतबार

  • अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पदको छिनोफानो कात्तिक ७ गते हुने भएको छ । उनले कात्तिक ७ गते दिउँसो १२:३० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

    जसका लागि उनले शुक्रबारको प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिसकेका छन् । शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकपछि मुख्यमन्त्री आचार्यले प्रदेश सभाको शुक्रबारको बैठकमा संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    मुख्यमन्त्रीले प्रस्ताव पेस गरिसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले ७ कात्तिक आइतबार दिउँसो साढे १२ बजेसम्मका लागि संसद्को बैठक स्थगित गराएका छन् । दर्ता भएको उक्त प्रस्तावउपर प्रक्रिया मिलाएर मतदान भने आइतबार हुने प्रदेशसभा सचिवालयले जनाएको छ । १० भदौमा नियुक्त भएका मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय