![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/05/Accident.jpg)
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेमा हिजो बेलुकी भएको कार दुर्घटनामा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
सुनसरीकै बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो ।
हिजो बेलुकी ८ बजे आफैंले चलाएको अन टेष्ट कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा चक्रघट्टी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यता पर्साको वीरगञ्ज महानगरपालिका २४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–२१ बस्ने २० वर्षीय महानारायण मण्डल र पछाडि सवार १६ वर्षीय मुन्ना मण्डल घाइते भएका हुन् । घाइते दुबैजनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये मुन्नाको अवस्था गम्भीर रहेको छ । ना ३६ प ९८०५ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)