• गुल्मीको रूरूक्षेत्रमा पहिरोले सडक अवरूद्ध

  • गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका २ सागुरेका पहिरो खसेका कारण आज बिहान सवा ९ बजेदेखि बाटो अवरुद्ध भएको छ ।

    जसका कारण रिडी–रुद्राबेनी र बुर्तिबाङ–बाग्लुङ सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।

    पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय