एजेन्सी । बिगतमा एउटा फिल्म रिलिज गर्दा बक्स अफिलबाट ३०० करोडसम्म भारतीय रुपैयाँको व्यापार गर्ने बलिउड अभिनेताका रुपमा सलमान खान परिचिन छन् । तर यसपटक उनको नयाँ फिल्मको व्यापार बक्स अफिसमा जिरो हुने भएको छ ।
अभिनेता सलमानले फिल्म हल सञ्चालकहरुसँग माफी माग्दै आफुले नयाँ फिल्म राधेको रिलिज हाल भारतका सिनेमा हलमा नगर्ने बताएका छन् । सोही कारण यसपटक आफ्नो फिल्म राधेको बक्स अफिस रिपोर्ट रिपोर्ट जिरो हुने पनि उनले बताएका छन् ।
उनको नयाँ फिल्म राधे यही बिहिबारबाट जी इन्टरटेनमेन्टको डिजिटल प्लेटफर्मबाट रिलिज हुँदैछ । सलमानले आफ्नो यो फिल्मलाई पूर्व घोषित मितिमै रिलिज गर्दैछन् । इदको अबसर पारेर उनले राधे ल्याउन लागेका हुन् ।
यदी कोभिड नभएको भए यो फिल्मले इदको अबसरमा बक्स अफिसमा ब्लक बस्टर अभिनय गर्ने थियो । यसै प्रसँगमा सलमान भनेका छन्,‘फिल्म राधेलाई हलमा रिलिज गर्न नसक्नुले हललाई पनि ठुलो घाटा हुँदैछ । तर अहिलेको अबस्थामा कोभिडका कारण यो फिल्म हलमा रिलिज गर्ने अबस्था नरहेकाले म हलसञ्चालकहरुसँग माफी माग्छु ।’ यस्तो अबस्थामा बक्स अफिसको रिपोर्ट जिरो हुनु आफ्ना लागि पनि दुखद पक्ष भएको पनि सलमानले बताएका छन् । दर्शकहरुको इदमा नयाँ फिल्म हेर्ने चाहनालाई पुरा गर्न आफुले यस्तो अबस्थामा पनि राधे रिलिज गरेको उनले बताएका छन् । राधेको रिलिजबाट उठेको मध्य केही रकम भारतमा कोरोनाका बिरामीका लागि अक्सिजन खरिदमा खर्च गरिने भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।