गत आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।
बाढीपहिरोबाट सबैभन्दा बढी प्रदेश १ मा ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश १ मा १९ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा १७ जना गरी ४० जना घाइते भएका छन् ।
यसैगरी बाढी पहिरोमा परी प्रदेश १ मा १३ जना, प्रदेश २ मा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिममा २३ जना गरी जम्मा ४१ जना हराइरहेका छन् । उनीहरूको खोजी भइरहेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय