![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/05/accident-bus.jpg)
गोरखा । गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । ट्रकमा सवार अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।
राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)