• बागमती प्रदेश सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँड गर्न गठबन्धनको बैठक बस्दै

  • काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ ।

    आज अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

    कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ ।

    गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् । आजको बैठकमा उनले विश्वासको मत लिनेछिन् । वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय