• बाढीका कारण सुनसरीमा ३ जनाको मृत्यु, ६ जना बेपत्ता

  • सुनसरी। सुनसरीमा बुधबार बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् ।

    मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरी प्रहरीले जनाएको छ।

    त्यसैगरी बाढीमा परेर ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    बेपत्ता हुनेमा इटहरी–२ का रोशन बुढाथोकी, इटहरी–७ का कैलाश मण्डल, इटहरी–२ का योगेन्द्र तिवारी, इटहरी–३ का राजकुमार राई, इटहरी–९ का विनोद पराजुली र भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डल रहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय