प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक साताभित्र सरकार ढाल्न सक्ने दावी गरेका छन् । सरकारमा लोभीपापी मानिस मात्रै रहेको भन्दै उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने उनले बताएका हुन् ।
एमालेको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बुधबार सम्बोधन गर्दै उनले भने, ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि ।’
आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ । उनले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे । उनले अरू कसैले बहुमत ल्याउन नसक्ने तर एमालेले ल्याउने दाबी गरेका हुन् ।
‘एमालेकै कतिपय नेताले आगामी चुनावमा कुनै पार्टीले बहुमत ल्याउँदैनन् भने गल्ती बोल्ने गरेका छन्’, उनले भने, ‘हाम्रै साथी पनि कसैले बहुमत ल्यायउँदैन भनेर पाक्कपुक्क बोल्दिन्छन् । एमालेबाहेक अरूले बहुमत ल्याउँदैन भन्नुपर्यो । गल्ती बोल्नुभएन नि ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।