काठमाडाैं । सरकारले काठमाडौं उपत्यकामा रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा सो निर्णय भएको जानकारी दिएका हुन् ।
कोभिडको माहामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।
कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय