काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २२५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ३ सय १६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापनको तथ्यांकका आधारमा आज २२५ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय