काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षणमा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षणमा १ सय ३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण
पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने एक हजार ४ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ । नेपालमा कोरोनाबाट ११ हजार ३०५ जनाको मृत्यु भएको छ भने ७ लाख ८३ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १० हजार ८६६ जना होम आइसोलेसनमा छन् भने ९४९ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये २६७ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।